मुख्य समाचारः-
सूचना तथा समाचार
MIS OPERATOR AND FIELD सहायक पदको परीक्षा सम्बंदी सूचना |
सूचना हेर्नका लागि तलको pdf फाइल download गरि हेर्नु होला |
प्र.अ बैठक सम्बन्धि जरुरी सूचना |
यहि मिति २०७५/५/१० गतेका दिन बस्ने भनिएको यस गाउँपालिकाको स्रोतकेन्द्र स्तरीय बैठक रक्षाबन्धन परेकोले मिति २०७५/५/१७ गते आइतवारका दिन श्री शान्ति मा.वि फलेबिसौनामा हुने भएको हुँदा सम्बन्धित सबैले सो बैठकमा उपस्थिति भइदिन हार्दिक अनुरोध गरिन्छ | |
बोलपत्र सम्बन्धि सुचना |
|
अन्तरवार्ता सम्बन्धि सुचना |
|
करार सम्झौता सम्बन्धि सुचना |
|
प्रदेश नं ७ को आर्थकि वर्ष २०७५/७६ को बजेट वक्तव्य |
|
आर्थिक बर्ष २०७५/७६ को बजेट भासण पुस्तिका |
अर्थ मन्त्रि डा.युराज खतिवडाद्रारा प्रस्तुत गरिएको बजेट भासणको पुस्तिकामा आर्थिक बर्ष २०७५/७६ को सम्पूर्ण विवरण उल्लेख गरियको छ | अर्थ विज्ञ तथा नेपाल सरकारका गवर्नर समेत भैसकेका अर्थी मन्त्रि खतिवडाले मिति २०७५/२/१५ मा संसद भवनमा प्रस्तुत गरिएको बजेट भासणको पूर्ण विवरण तलको लिंकमा हेर्न सक्नुहुनेछ | |
फुटवल महाकुम्भ सुरु हुँदै |
फुटबलको महाकुम्भ फिफा वल्र्डकप २०१८ आज सुरु हुँदैछ । पूर्वी युरोपमा पहिलो पटक आयोजना भएको विश्वकपको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबीयाबीच प्रतिस्पर्धा हुनेछ । खेल मस्कोको लुजनिकी रङ्गशालामा एक भब्य समारोहका बीच नेपाली समयानुसार राती पौने ९ बजे सुरु हुनेछ । सो अघि प्रतियोगिताको उद्घाटन हो |
|
महिनावारी बार्न छाउगोठमा सुतेकी किशोरीको सर्पले डसेर मृत्यु |
अछाम — अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका ४ जयाकी छाउगोठमा सुतेको अवस्थामा सर्पले मृत्यु भएकी जयाकी १८ वर्षीया पार्वती बुढा ।
छाउगोठमा सुतेकी उनको दायाँ हातको औलामा सर्पले डसेको हो। पार्वती घरबाट तल बेंसीको छाउगोठमा महिनावारी बार्न बसेकी थिइन। साथी राधिका बुढासंगै गोठमा सुतिरहेको बेला छाना माथि रहेको सर्प पार्वतीको शरीरमा खसेको र औलामा टोकेको राधिकाले जानकारी दिइन्। परिवारका अन्य सदस्य गाउँको घरमा रहेकोले ढिलो गरी मात्र खबर बाहिर आउँदा उपचारको अभावमा उनको ज्यान गएको हो।
पार्वतीले यसैवर्ष विश्वज्योती माविबाट एसइइ दिएकी थिइन्। उनीसंगै रहेकी दिदी प्रेमकला बुढाका अनुसार पार्वतीको महिनावारी शनिबार चार दिन भएको थियो। तुर्माखाँद–४ का वडाअध्यक्ष कविराम बुढाले भने पार्वती छाउगोठमा नभई भाइबहिनीसंग सुतेको बताए।
छानामा सुतेका बेला सर्पले टोकेको भन्ने मात्र खबर आफू कहाँ आएको बुढाले बताए। तुर्माखाँद गाउँपालिकाकी उपप्रमुख अमृता बुढाले आफू काठमाडौं रहेको र यो घटनाबारे आफूलाई धेरै जानकारी नभएको बताइन्।
गत पुसमा मात्र सोही गाउँपालिका ३ भैरवस्थानको लकाद्रा की २२ वर्षकी गौरी बुढाको पनि छाउपडी गोठमा एक्लै सुतिराखेको अवस्थामा मृत्यु भएको थियो। छाउपडी गोठमा सुतेको अवस्थामा २०६३ सालयता मात्रै १३ जना किशोरी तथा महिलाले ज्यान गुमाईसकेका छन्।
|
- ‹ previous
- 19 of 19