मुख्य समाचारः-
मोहन्याल गाउँपालिकाको संचिप्त परिचय
मोहन्याल गाउँपालिका कैलाली जिल्लाको पहाडी क्षेत्रमा अवस्थीत गाउँपालिका हो |
साविकका मोहन्याल,पण्ड़ौन र सुगरखाल गाविसहरु मिलेर बनेको यो गाउँपालिकाको कुल क्षेत्रफल ६२६.९५ वर्ग कि. मि.रहेको छ |
यो गाउँपालिकाको सिमाना पूर्वमा सुर्खेत जिल्ला,पश्चिममा चुरे गाउँपालिका,उत्तरमा डोटी र सुर्खेत जिल्ला र दक्षिणमा गौरिगंगा न.पा. घोडाघोडी न.पा.,लम्कीचुहा न.पा.र बर्दगोरिया गा.पा.संग जोडीएको छ |
देशकै बढी जनसंख्या भएको जिल्लाहरुको अग्र पंक्तिमा पर्ने यो कैलाली जिल्लामा रहेको यस गाउँपालिकामा भने जनघनत्व एकदम कम रहेको पाइन्छ |
बि.स.२०६८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २२०५३ रहेको छ | समुन्द्र सतहबाट ११०० मिटर देखि चुरे पर्वत फैलिएको स्थान १७०० मिटरको उचाईमा यो गाउँपालिका अवस्थित छ |
शिक्षा, स्वास्थ्य, यातायात लगायत विकाशका पूर्वाधारहरुको प्रयाप्त संरचना नभई सकेको यस गाउँपालिकामा गैह्र सरकारी संस्थाको उपस्थिति भने एकदमै न्युन रहेको छ |
वन सम्पदाको हिसाबले यो गाउँपालिका कैलाली जिल्लामा पर्ने अन्य गाउँपालिकाहरु भन्दा अग्र पंक्तिमा रहेको पाइन्छ |
उष्ण देखि समशितोष्ण हावापानी पाइने यस गाउँपालिकामा औसत तापक्रम १९ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहेको छ |