FAQs Complain Problems

मुख्य समाचारः-

फुटवल महाकुम्भ सुरु हुँदै

फुटबलको महाकुम्भ फिफा वल्र्डकप २०१८ आज सुरु हुँदैछ । पूर्वी युरोपमा पहिलो पटक आयोजना भएको विश्वकपको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबीयाबीच प्रतिस्पर्धा हुनेछ । खेल मस्कोको लुजनिकी रङ्गशालामा एक भब्य समारोहका बीच नेपाली समयानुसार राती पौने ९ बजे सुरु हुनेछ । सो अघि प्रतियोगिताको उद्घाटन हो |
३२ राष्ट्र सहभागी महाकुम्भको खेलहरु रुसका १० शहरमा आयोजना हुनेछन् । ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन उपाधि दाबेदार मानिएका छन् । अर्जेन्टिना, इङ्ल्याण्ड, बेल्जियम, पोर्चुगल त्यसपछिको सूचीमा परेका छन् । आयोजक रुसलाई समुह चरण पार गर्ने निकै ठुलो चुनौती रहेको खेल जानकारहरु बताउछन् । २१ औं संस्करणको विश्वकपको उद्घाटन खेल, फिफा वरियतामा पछाडि रहेका दुई टोलीबीचको प्रतिस्पर्धाबाट सुरु हुन लागेको हो । ७० औं वरियतामा रहेको आयोजक रुसले आफ्ना पछिल्लो ७ खेलमा जित दर्ता गर्न सकेको छैन । वरियताको ६७ औं स्थानमा रहेको साउदी अरेबीया एसियाबाट सिधै छनोट भएको हो । साउदी ओसामा हावसावी र रुस ईगोर ईफिनकिभको कप्तानीमा मैदान उत्रने