FAQs Complain Problems

मुख्य समाचारः-

मोहन्याल गाउँपालिकाको संचिप्त परिचय

मोहन्याल गाउँपालिका कैलाली जिल्लाको पहाडी  क्षेत्रमा अवस्थीत गाउँपालिका हो | 

साविकका मोहन्याल,पण्ड़ौन र सुगरखाल गाविसहरु मिलेर बनेको यो गाउँपालिकाको कुल क्षेत्रफल ६२६.९५ वर्ग कि. मि.रहेको छ |

यो गाउँपालिकाको सिमाना  पूर्वमा सुर्खेत जिल्ला,पश्चिममा चुरे गाउँपालिका,उत्तरमा  डोटी र सुर्खेत जिल्ला र दक्षिणमा गौरिगंगा न.पा. घोडाघोडी न.पा.,लम्कीचुहा न.पा.र बर्दगोरिया गा.पा.संग जोडीएको छ |

देशकै बढी जनसंख्या भएको  जिल्लाहरुको अग्र पंक्तिमा पर्ने यो  कैलाली जिल्लामा रहेको यस गाउँपालिकामा भने जनघनत्व एकदम कम रहेको पाइन्छ |

बि.स.२०७८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या विवरण देहाय बमोजिम रहेको छ |

जम्मा जनसंख्या : 21082

पुरुष: 10280

महिला: 10802

परिवारको औसत आकार: 4.85

लैङ्गिक अनुपात: 95.17

वार्षिक जनसंख्या वृद्धिदर (%): -0.43

जनघनत्व: 34

साक्षरता दर (प्रतिशतमा):

जम्मा: 76.56

पुरुष: 83.82

महिला: 69.71

समुन्द्र सतहबाट ११०० मिटर देखि चुरे पर्वत फैलिएको स्थान १७०० मिटरको उचाईमा यो गाउँपालिका अवस्थित छ |

शिक्षा, स्वास्थ्य, यातायात लगायत विकाशका पूर्वाधारहरुको प्रयाप्त संरचना नभई सकेको यस गाउँपालिकामा गैह्र सरकारी संस्थाको उपस्थिति भने एकदमै न्युन रहेको छ |

वन सम्पदाको हिसाबले यो गाउँपालिका कैलाली जिल्लामा पर्ने अन्य गाउँपालिकाहरु भन्दा अग्र पंक्तिमा रहेको पाइन्छ |

उष्ण देखि समशितोष्ण हावापानी पाइने यस गाउँपालिकामा औसत तापक्रम १९ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहेको छ |